कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १५, आईतवार १७:२७

सुर्खेत । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले गरेको बजेट भाषणमार्फत कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन्। जसमा कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने भएको छ।


यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, सुर्खेतमा रहेको बहुमुल्य पत्थरलाई सञ्चालनमा ल्याईने जस्ता योजना बजेटमा समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता

२०७९ जेष्ठ १५, आईतवार १७:२७
काठमाडौँ । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने घोषणा गरेको छ। आव २०७९र८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन्। उनले बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको बताए। सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो।