कनकासुन्दरी गाउँपालिकाले आइतबार बिदा नदिने, एमबीबीएस पढ्न पचास प्रतिशत छात्रवृत्ति

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ जेष्ठ १८, बुधबार १६:४१

जुम्ला/सिँजा – संघीय सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेतापनि जुम्लाको कनकासुन्दरी गाउँपालिकाले भने आइतबार बिदा नदिने भएको छ। गाउँपालिकाले नेपाल सरकारले दिँदै आएको आइतबारको सार्वजनिक बिदा कटौती गर्दै कार्यालय लगायत पालिकाभरिका शैक्षिक संस्थाहरु पनि खुला गर्ने जनाएको छ । गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलाे र दाेस्राे बैठकले उक्त निर्णय गरेको हो ।


गाउँपालिकाका नागरिकको हितलाई ध्यानमा राखेर सरकारले दिँदै आएको आइतबारको सार्वजनिक बिदा कटौती गरी कार्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए।
त्यस लगायत वडा अध्यक्ष काे संयाेजकत्वमा प्रतेक वडाका विद्यालयमा अभिभाबक शिक्षा कार्यक्रम सन्चालन गर्नुका साथै पालिकामै स्नातक तह सम्मकाे शिक्षा पढाइकाे लागि पहल गर्ने बर्षमा एकजना आर्थिक रुपमा कम्जोर, जेहेन्दार तर एमबीबीएस पढ्न नाम निकालेको विद्यार्थीलाई मध्यनजर गरि पचास प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्ने त्यस्तै नेपाल टेलिकम सँग सहकार्य गरि फोर जि नेटवर्क सन्चालन गर्न पहल गर्ने र पालिकाको प्रसासनिक भबनका लागि जग्गा नि:शुल्क रुपमा पराप्त भयकाे जग्गा जग्गा धनिलाइ पास गर्न पहल गर्ने जस्ता निर्णय गरियकाे आचार्यले उज्यालो रैबारलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भोलि सुर्खेत आउदै

२०७९ जेष्ठ १८, बुधबार १६:४१
सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भोलि सुर्खेत आउने भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीबाट निर्वाचित भएका कर्णालीका जनप्रतिनिधिलाई बधाई दिन नेपाल सुर्खेत आउन लागेका हुन् । कार्यक्रममा अध्यक्ष नेपालले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् जेष्ठ नागरिकलाई सम्मान गर्ने छन्, […]