पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भोलि सुर्खेत आउदै

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १८, बुधबार २१:००

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भोलि सुर्खेत आउने भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीबाट निर्वाचित भएका कर्णालीका जनप्रतिनिधिलाई बधाई दिन नेपाल सुर्खेत आउन लागेका हुन् ।

कार्यक्रममा अध्यक्ष नेपालले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् जेष्ठ नागरिकलाई सम्मान गर्ने छन्, भने प्रदेश कमिटी बैठकलाई प्रशिक्षण दिने छन् । कार्यक्रम विहिवार विहान ९ बजे सुर्खेतस्थित होटल शुभमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

२०७९ जेष्ठ १८, बुधबार २१:००
काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने […]