प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने ‘प्रचण्ड’

उज्यालो रैबार   ।   २०७९ जेष्ठ ३०, सोमबार १३:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने दाबी गरेका छन् । बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सो दाबी गरेका हुन् ।

उनले मंसिरको पहिलो हप्तामा हुने बढी सम्भावना भएको बताए । उनले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’

उनले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा प्रवेश गर्ने रवीन्द्र मिश्रको तयारी, मागे राजेन्द्र लिङ्देन सरहको हैसियत

२०७९ जेष्ठ ३०, सोमबार १३:१९
काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस […]