विधेयक पारितको माग राख्दै भण्डारी सडकमा (फोटोहरु)

उज्यालो रैबार   ।   २०७९ असार ३१, शुक्रबार १७:०५

सुर्खेत: कर्णाली समृद्धिका पिलर (खम्बा) मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राख्दै विधेयक सरोकार समाज ले कर्णाली प्रदेश सभा अगाडि आन्दोलन गरेको छ ।
नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै सरोकार समाजले कर्णाली प्रदेशसभा अगाडि विधेयक पारितका लागि दबाबमूलक आन्दोलन गरेको हो ।

नेता भण्डारीका अनुसार आज जुम्लामा समेत विरोध प्रदर्शन गरिएको छ कर्णाली समृद्धि र स्वाभिमानका आधारस्तम्भहरु सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयकलाई अबिलम्ब पारित गराउन प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरिएको हो ।

प्रदेशसभा सदस्य भण्डारी आफैले विसं . २०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक २०७८ दुवै गैर–सरकारी विधेयक हुन् ।

यसमा सिंजा सभ्यता विधेयक सभामा टेबुल भएर छलफलका लागि समितिमा गएको कर्णालीको भाषा, कला, सहित्य, धर्म, सभ्यता र संस्कृतिको संरक्षण, विकास एवं प्रवद्र्धनका लागि विसं। २०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता भई सदनमा टेबुल भएर समितिमा छलफलका गएको विधेयक अगाडि बढ्न सकेको छैन ।

पूर्वमन्त्री भण्डारीले ८० प्रतिशत पारित हुने गरी प्रगति भइरहेका विधेयक पारित नगरी सरकार जनपक्षीय काम गर्नबाट चुकेको समेत बताए साथै सरकारले विधेयक पारित गर्न भूमिका नखेलेको खण्डमा आगामि दिनमा थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने तयारी रहेको बताए । तस्विर ः रेवती रमण उपाध्याय

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कसंमले संचालन गर्यो आफ्नै नाटक घर

२०७९ असार ३१, शुक्रबार १७:०५
जुम्ला सिंजा : – जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालीकामा कर्णाली इतिहास कै पहिलो नाटक घर संचालनमा आएको छ । कर्णाली खस संस्कृत मञ्च (कसंम) जुम्लाले लामो प्रयास पछि नाटक घर संचालनमा ल्याएको हो । केहि समय अघि मात्र काठमाडौंको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा भानुभक्त उपाध्याय […]