कसंमले संचालन गर्यो आफ्नै नाटक घर

रेवती रमण उपाध्याय   ।   २०७९ श्रावण ४, बुधबार ११:०८

जुम्ला सिंजा : – जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालीकामा कर्णाली इतिहास कै पहिलो नाटक घर संचालनमा आएको छ । कर्णाली खस संस्कृत मञ्च (कसंम) जुम्लाले लामो प्रयास पछि नाटक घर संचालनमा ल्याएको हो ।
केहि समय अघि मात्र काठमाडौंको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा भानुभक्त उपाध्याय द्वरा लिखित खस नाटक “कुटिरो” कसंम जुम्लाका कलाकारहरुले देखाएका थिए जसको चौतर्फी तारिफ समेत भएको छ जसको निदेशन रन्निबहादुर घर्तिले गरेका थिए । कसम जुम्लाले सडक नाटक हुँदै थिएटर सम्म गरि हजारौं नाटक देखाइसकेको छ खस भाषा, सस्कृतिमा आधारित रहि देखाइने नाटकले मनोरञ्जन मात्र दिदैन जनचेतना फैलाउनुको साथ– साथै खस कला, संस्कृतको पनि जगेर्ना गरेको छ । नाटक घरको अभावका कारण खाली चौर, सडकमा नाटक देखाउदै आएको कसमले अव भने आफ्नै नाटक घरमा नाटक देखाउन पाउने भएको छ ।


संस्थाका सचिव दीपेन्द्र उपाध्याय भन्छन “धेरै बर्षको संघर्ष र तपस्या पछि नाटक घर संचालनमा ल्याउन पाउँदा देरै खुसी छु । बिगतमा नाटक देखाउने ठाउँ नपाएर कहिले सडमा त कहिले घरको छतमा त कहिले खाली खेतमा समेत देखाउदै आएको अवस्था ताजै छन, त्यो दिन सम्झिदा अहिले पनि मन भरी पिडाले पोल्छ अब यसलाई अझ ब्यवस्थित बनाउन तिनै तहको सरकारले सोची दिन आग्रह गरे” ।
कसंम जुम्लाका उपाध्यक्ष भानुभक्त उपाध्यायले बर्सौ देखि यहि नाटकमै आफ्नो जीवन बिताएका छन् नाटक लेख्ने देखि लगेर राम्रो अभिनयमा माहिर रहेका उपाध्यायले आफ्नै खर्चमा नाटक देखाउदै आएको पिडा व्यत्त गरे उनले भने “धेरै बर्षदेखि हामी कलाकारहरुले घरमा खाने नुन तेलको पैसा पनि यसमै खर्च गरेर यसलाई बचाएका छौँ पछिल्लो समय गाउँपालिकाको सानो सहयोगले नाटक घर संचालनमा ल्याउन पाउदा मन खुशीले गदगद भएको छ तर यतिले मात्र हाम्रो खस संस्कृति बचाउने अबस्था छैन कसंम लड्दै उठ्दै गरेर भए पनि यहाँ सम्म आइपुगेको छ अब यसलाइ सरकारले महत्त्वाकांक्षीमा राख्नु पर्ने आजको आवशक रहेको छ” ।


नाटक घरको उद्घाटन समेत गरेका कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले भने “कला संस्कृत हाम्रो इतिहास हो यसलाइ बचाउन हामी सबैको कर्तव्य हो यस कसंम जुम्लाले जुन किसिमले बिगत देखि हाम्रो खस संस्कृति बचाउदै आएको छ यसलाइ माथी उठाउन आजको आवश्यकता हो” उनले थपे रङ्गमन्च मार्फत यस क्षेत्रको पर्यटन प्रवदर््धन सहज हुने हुदा यस नाटक घरले ठुलो भुमिका खेल्नेमा आफु विष्वस्त रहेको बताए ।
त्यस्तै संस्थाक अध्यक्ष तथा सोहि पालीकाका वडा नं. चारका वडाअध्क्षय समेत रहेका सुर्यमणी हमालले भने रङ्गमन्च मार्फत खस संस्कृति वचाउन र देश विदेशमा चिनाउने उद्देश्यका साथ २०६६ सालमा यस संस्थाको स्थापना गरिएको थियो । बिगतमा आर्थिक अभावकै बिच विभिन्न सडक नाटक देखाएर संकलन भएको रकम कलकारहरुले नलगी सबै पैसा संस्था बचाउन कोषमा जम्मा गरियो फलस्वरुप अहिले आफ्नै घर निमार्ण गरी नाटक देखाउन पाइएको छ यँहा सम्म आइपुग्न यस संस्थाका कलाकारहरुको ठुलो देहन रहेको बताए । जसले दिन रात नभनी निःस्वाथ आफ्नै पैसा खर्च गरेर नाटक देखाएका छन् यसका लागि संस्था क्रृणी समेत रहेको दुखेसो व्यक्त गरे ।


खस कला संस्कृतीको  केन्द्रविन्दु रहेको जुम्लाको सिँजामा पछिल्लो पुस्ताका युवा माझ खस भाषा, कला सस्कृती लोभ हुदै गएको पाइन्छ । स्थानीय सरकार आएको पाँच वर्ष पुरा हुदा पनि यसको संरक्षणको लागि कुनै कार्यक्रम भएको छैन् । सरकार समयमै यसको संरक्षणमा नजुटे भोलीको दिनमा खस संस्कृति लोभ हुने निश्चित देखिन्छ त्यसैले वेलैमा तिनै तहको सरकारको यस तर्फ ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरको एक होटलमा अखाद्य बस्तु भेटिएपछि स्तरीकरण चिन्ह खोसियो

२०७९ श्रावण ४, बुधबार ११:०८
सुर्खेत ।   वीरेन्द्रनगरको एक होटलको खाजामा अखाद्य बस्तु भेटिएपछि  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले स्तरीकरण चिन्ह खोसेको छ । सोमबार एक  कार्यक्रमको खाजा खाने समयमा  मो:मो मा अखाद्य  बस्तु भेटिएको गुनासो आएपछि   कार्यालले तत्कालै होटलको अनुगमन गरि भान्सा र भण्डारण कक्ष खाद्य स्वच्छताका स्तर कमजोर पाईएकोको हुदा कार्यलयले […]

सम्बन्धित समाचार