वीरेन्द्रनगरको एक होटलमा अखाद्य बस्तु भेटिएपछि स्तरीकरण चिन्ह खोसियो

उज्यालो रैबार   ।   २०७९ श्रावण ९, सोमबार १९:४९

सुर्खेत ।   वीरेन्द्रनगरको एक होटलको खाजामा अखाद्य बस्तु भेटिएपछि  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले स्तरीकरण चिन्ह खोसेको छ । सोमबार एक  कार्यक्रमको खाजा खाने समयमा  मो:मो मा अखाद्य  बस्तु भेटिएको गुनासो आएपछि   कार्यालले तत्कालै होटलको अनुगमन गरि भान्सा र भण्डारण कक्ष खाद्य स्वच्छताका स्तर कमजोर पाईएकोको हुदा कार्यलयले चिन्ह   खोसेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए । यसभन्दा पहिले खाद्य स्वच्छताको आधारमा होटेल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ को आधारमा दिएको स्तरीकरण चिन्ह खोसिएको हो ।  
उक्त होटलले पुन चिन्ह पाउनका लागि भान्सा व्यवस्थित गर्नुका साथै भण्डार कक्ष व्यवस्थित राखेर कार्यलयलाई  निवेदन दिए मात्र प्राप्त गर्न सकिने थापाको भनाइ छ । होटल अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादु्र थापा, नगर प्रहरी सुर्खेतका बरिष्ठ हवलदार खगेन्द्र भण्डारी, खाद्य निरिक्षक पदम बराल र विवेक कुमार सुवेदी तथा पत्रकारको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्दै स्वास्थ्य सेवा निर्देशनालय

२०७९ श्रावण ९, सोमबार १९:४९
सुर्खेत ः विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ यसै अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले पनि विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तक्रीया, आयुर्वेदिक औषधि वितरण लगाएतका कार्यक्रम गरेर एक हप्ता सम्म मनाउने भएको छ । सप्ताहको आज पहिलो दिन निर्देशनालयले कर्णाली प्रदेश अस्पतालमा रहेका सुत्केरी आमाहरुलाई स्तनपान सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ […]