खुल्ला वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ श्रावण १९, बिहीबार १८:१८

सिंजा । कनकासुन्दरी गाउँपालीकाले आयोजना गरेको ‘सिंजा सभ्यता र पर्यटन क्षेत्रमा याुवाको भुमिका’ विषयमा खुल्ला वक्तृत्वकला प्रतियोगितामा विहीवार सम्पन्न भएको छ । गाउँपालीका क्षेत्र भित्र रहेका मावि स्तरका ७ सामुदायिक विद्यालय प्रतियोगितामा सहभागी रहेका थिए । सहभागी मध्येबाट कनकासुन्दरी माध्यमिक विद्ययालय लुड्कुमा अध्ययनरत छात्रा पुष्पा जि.सि प्रथम , महादेव मावि वुर्मचौरमा अध्ययनरत प्रतिमा कठायत द्वितीय, त्यसै गरी कनकासुन्दरी माविमै अध्ययनरत छात्र कुसेन्द्र हमालले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई क्रमशः रु २ हजार ५ सय, रु २ हजार, रु १ हजार ५ सय र रु १ हजार नगद पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो । पर्यटन क्षेत्रको प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले तय गरिएको वक्तृत्वकलाको सहजिकरण कुुलिनरि हस्पिटालिटि सेन्टर शाखा सिँजाले गरेको थियो भने व्यवस्थापन कनकासुन्दरी मावि लुड्कुले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढिले पुल बगाउदा स्थानीयलाई आवतजावतमा समस्या

२०७९ श्रावण १९, बिहीबार १८:१८
जुम्ला/सिंज । वर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढिले कनाकासुन्दरी गाउँपालीका वडा. न १ रिया गाउँ जोड्ने काठे पुल खोलाले बगाउदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । केहि दिन देखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले दर्जन बढी काठे पुल बगाउदा आवतजावतमा समस्या भएको हो। शुक्रबार रातिको […]