बाढिले पुल बगाउदा स्थानीयलाई आवतजावतमा समस्या

उज्यालो रैबार   ।   २०७९ श्रावण २१, शनिबार १७:४३

जुम्ला/सिंज । वर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढिले कनाकासुन्दरी गाउँपालीका वडा. न १ रिया गाउँ जोड्ने काठे पुल खोलाले बगाउदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । केहि दिन देखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले दर्जन बढी काठे पुल बगाउदा आवतजावतमा समस्या भएको हो। शुक्रबार रातिको वर्षाले वाकि रहेको एउटा गग्रेगाढको काठे पुल पनि बगाए पछि अहिले विद्याथीहरुलाइ स्कुल जान समेत समस्या भएको छ । त्यहाका विद्याथीहरु लाई दैनिक २ घन्टाको पैदल हिडेर स्कुल जानू पर्ने बाध्यता छ । बाढिले खोलामा भएका सबै पुल बगाएपछि सनिवार बिहान वडा अध्यक्ष भिम भन्डारि सहितको टोलिले अनुगमन समेत गरेको थियो । वडाले तत्काल समस्या समाधानका लागि ढुङ्गा, काठ राखेर अस्थायी रुपमा आवतजावत गर्न सकिने बनाए पनि दीर्घकालिन समाधानका लागि वडामा बजेट नहुदा बनाउन समस्य भएको अध्यक्षको भनाइ छ । यसका लागि गाउँपालिकालाइ छिटोभन्दा छिटो केहि व्यबस्था गर्न अनुरोध समेत गरेको बताए । पुलकै कारण स्थानीयलाई मात्रै नभई रारा आउने पर्यटकलाई समते समस्या भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ आवेदन अनलाइनबाट

२०७९ श्रावण २१, शनिबार १७:४३
सुर्खेत। रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ का लागि  अनलाइनबाट पनि फारम भर्न सकिने भएको छ। आगामी असोज महिनाकोअन्तिम साता काठमाडौँमा हुने अवार्डका लागि शनिबादेखि अनलाइनमार्फत पनि फारम भर्न सकिने व्यवस्था गरिएको हो । आयोजकले साउन १५ गतेदेखि भौक्तिक रुपमा फारम भर्ने सुचना निकालेको थियो। तर, शनिबारबाट सबै सहभागीलाई सहज तरिकाले फारम […]