सुर्खेत । राष्ट्रिपति विद्यादेवि भण्डारी द्वारा उद्घाटन भएको रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ भब्यरूपमा सम्पन्न भएको छ। कर्णाली कलाकार समाजद्वारा आयोजना गरेको अवार्डको एक विशेष समारोहबीच काठमाडौँमा भएको समुद्घाटन भएको थियो।उक्त कार्यक्रममा विभिन्न विदाबाट छानिएका कालाकारहरुलाई अवार्डसमेत वितरण गरिएको कलाकार समाजका अध्यक्ष पदम रोकायले जानकारी दिए। साथै अध्यक्ष रोकायले गत पुस २६ गते राष्ट्रिय सभागृह भिर्कुटीमन्दप काठमाडौंमा रास्ट्रपतिको समुद्घाटन भएको रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ लाई भव्य र सव्य रुपमा सफलता पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले कर्णाली कलाकार समाजले गरेको यो अवार्डमा नयाँ पन भएको बताउँदै देशका विभिन्न ठाउँमा रहेका कला तथा संस्कृतिलाई उजागर गरेको बताइन्। उनले भनिन्, ‘कर्णाली कलाकार समाजले गरेको यो अवार्डमा नयाँ पन छ। किन भने देशमा लुकेर रहेका विभिन्न प्रतिवाहरुको उत्खलन भएको छ।’
यस्तै, भण्डारीले यस अवार्डले देशका कुना काप्चामा भएका, लुकेका कला–गला र शव्दहरुबाट बनेको विभिन्न विदाका गीतहरु छानेको भन्दै प्रशंसा व्यक्त गरिन् । साथै उनले यस्ता प्रकृतिका कार्यक्रम फेरी पनि हुनुपर्ने जस्ले कला, संस्कृतिलाई जोगाउन मद्दत पुग्ने विश्वास रहेको बताइन्।