गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाई हुँदै

उज्यालो रैबार   ।   २०७९ माघ १३, शुक्रबार १२:१७

काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी विवादको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

यसअघि बुधबार उक्त मुद्दामा संवैधानिक इजलासमा बहस भएको थियो । थप बहस एवं सुनुवाईका लागि आजको पेसी तोकिएको छ । मूलतः गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि अमेरिकी नागरिक भन्नेबारेमा नै इजलासले निक्र्यौल गर्न सकेको छैन । लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता र पासपोर्ट समेत लिएको र अमेरिकाको नागरिकता लिने समयमा कुनै निवेदन पेस नगरेको, अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि पनि नेपाली नागरिकता त्याग गर्नका लागि कुनै प्रक्रिया नगरेको लगायत विभिन्न बुँदामा विवाद र बहस भइरहेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा र त्याग गर्दा नेपाली नागरिकताको सन्दर्भमा उचित प्रक्रिया पूरा गरे कि गरेनन् भन्नेमै मुख्य विवाद रहेको रहेको छ । यही विवाद जिनरुपण गर्नका लागि संवैधानि इजलासले उनको मुद्दा हेरिरहेको छ ।

रिट निवेदकले भने नेपाली नागरिकता निस्क्रिय अवस्थामा रहँदै उनले पार्टी दर्ता गरेर चुनाव लडी सांसद र गृहमन्त्रीसम्म भएको दाबी गर्दै लामिछानेको पद खारेज गर्न माग गरेका छन् ।

बुधबारको संवैधानिक इजलासले तत्काल लामिछानेको पद निलम्बन नसकिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरको थियो । आजको इजलासमा नेपाल नागरिकता ऐन, २०६३ का प्रावधानको संवैधानिक व्याख्यासहित लामिछानेको नागरिकता त्याग तथा पुनः प्राप्तिका प्रक्रियाबारे बहस र सुनुवाई हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेको सांसद पद खारेज

२०७९ माघ १३, शुक्रबार १२:१७
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय […]