ओली र लिङ्देनले भेटे प्रचण्डलाई, रविलाई गृह मन्त्री बनाउन दवाव

उज्यालो रैबार   ।   २०७९ माघ १८, बुधबार १३:५२

काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले बुधबार विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा लिङ्देनले प्रधानमन्त्रीसामु रवि लामिछानेलाई गृहमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ । लामिछानेलाई गृहमन्त्री बनाए वर्तमान गठबनधन अझ मजबुद हुने लिङ्देनले आशाय व्यक्त गरेको बताइएको छ । अजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । नागरिकता विवाद मुद्धामा दोषी भएसँगै सर्वोच्चले रवि लामिछानलाई मन्त्रीबाट बर्खास्ता गर्न आदेश दिएको थियो ।

रवि बर्खास्त भएसँगै गृहमन्त्री प्रधानमन्त्री प्रचण्ड आँफैले राखेका छन् । रविलाई गृहमन्त्री बनाउनु पर्ने आग्रहहरुमा प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म नियुक्त नगर्ने जवाफ दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार महिनाको अवधिमा नेपालमा १६९ मोडलका मोबाइल भित्रिए

२०७९ माघ १८, बुधबार १३:५२
काठमाडौँ । चार महिनाको अवधिमा नेपालमा १६९ मोडलका मोबाइल भित्रिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको चौमासिक रिपोर्ट अनुसार यस वर्ष साउनदेखि कार्तिकसम्ममा १६९ मोडलका मोबाइल, ११९ मोडलका शर्ट रेन्ज डिभाइस, ९ मोडलका ट्यब्लेट, र २१ मोडेलका जीएसएम डिभाइसले टाइप अप्रुभल लिएका छन् । लमा हाल चीन, भारत, भियतनाम लगायतका मुलुकबाट […]