सेयर बजारमा ३ अर्ब ७९ करोडको कारोबार

उज्यालो रैबार   ।   २०८० असार २५, सोमबार १६:२०

काठमाडौं  सेयर बजारमा सामान्य अंकले करेक्सन आएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०।८० अंकले घटेर २०७६।९६ विन्दुमा अडिएको हो।

सेयर बजार सामान्य अंकले घटे पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ। यसदिन २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार मूल्यमा खरिद बिक्री भएको हो।

आइतबार ३ अर्ब ४२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रावा इनर्जी डेभलपमेन्टको सेयर ९।९८ प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ९१ लाख र प्राइम कमर्सियल बैंक प्रमोटरको २४ करोड ८९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी सवार ६ जनाकै मृत्यु

२०८० असार २५, सोमबार १६:२०
काठमाडौं  मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्। दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,ुदुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।ु […]

सम्बन्धित समाचार