प्रकाश सपुतको ‘दमाइ महाराज’जातीय विभेदविरुद्ध

उज्यालो रैबार   ।   २०८० श्रावण ६, शनिबार २०:१६

काठमाडौं। प्रकाश सपुतले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। ‘दमाइ महाराज’ नामक उक्त गीत जातीय विभेदविरुद्ध रहेको छ। भजन शैलीमा ल्याइएको गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायको युवकलाई प्रस्तुत गरिएको छ।

सपुत आफ्नै स्वर, शब्द र संगीत रहेको छ। जहाँ नारी स्वर भने शान्तिश्री परियारको छ। गीतको म्युजिक भिडियोको निर्देशन, कथा र उत्पादन पनि सपुतकै छ भने सुनिल विक मुख्य सहायक निर्देशक र विशाल घिमिरे सहायक निर्देशक रहेका छन्। कोरियोग्राफी भने गजित विष्टले गरेका हुन्।

म्युजिक भिडियोमा सपुतसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विके, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले र विशाल घिमिरेलाई देख्न पाइन्छ।

https://youtu.be/EmpLPpq38V0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै, यस्तो छ भ्रमण तालिका

२०८० श्रावण ६, शनिबार २०:१६
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट […]