फिल्म जारी ले कमायो सय दिनमा १७ करोड १७ लाख ९५ हजार

उज्यालो रैबार   ।   २०८० श्रावण ७, आईतवार २०:१०

फिल्म जारीु ले प्रदर्शनको १ सय दिन मनाएको छ। वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले शनिबार १ सय दिन मनाएको हो।

चलचित्र विकास बोर्डको अनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन्।

त्यस्तै फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायत कलाकारको अभिनय छ।

बासुरी फिल्म्स ब्यानरको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन

२०८० श्रावण ७, आईतवार २०:१०
काठमाडौं, संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल९क्रान्तिकारी० ले काठमाडौँ सहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ । आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो। नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो९संग्राम० ले […]

सम्बन्धित समाचार