बुधबार कर्णालीका ६९ जनामा पुष्टि

उज्यालो रैबार   ।   २०७७ आश्विन २१, बुधबार २०:०९

सुर्खेत। बुधबार कर्णालीका ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेकोछ । प्रदेश अस्पताल– पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक–एक र अन्य प्रदेशका ६ जना छन् । बुधबार नै ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार दुई सय २९ पुगेको छ ।

कर्णालीमा हाल संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८२ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलको भनाई छ ।
कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीप दुर्घटनामा ६ जनाको मृत्यु, एक वेपत्ता

२०७७ आश्विन २१, बुधबार २०:०९
सुर्खेत । जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही र स्वास्थ्यकर्मी खेमबहादुर शाही रहेको जिल्ला प्रहरी […]

सम्बन्धित समाचार