शुक्रबार कर्णालीका ६२ जनामा कोरोना पुष्टि

उज्यालो रैबार   ।   २०७७ आश्विन २३, शुक्रबार १९:५८

सुर्खेत । कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नौ र रुकुमपश्चिममा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका २८, सल्यान र जुम्ला सातरसात, दैलेख र रुकुमपश्चिमका ६र६, कालिकोटका पाँच र अन्य प्रदेशका तीन जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार एक सय ६६ पुगेको छ ।

शुक्रबार नै २३ जना डिस्चार्ज भएका छन् योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ३ सय तीन पुगेको छ ।

कर्णालीका विभिन्न जिल्लाहरुमा रहेको आइसोलेसनमा संक्रिया कोरोना संक्रमितको संख्या भने सात सय ४७ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्ये ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त

२०७७ आश्विन २३, शुक्रबार १९:५८
सुर्खेत । चर्चित कलाकारसमेत रहेकी तेक्वान्डोकी राष्ट्रिय खेलाडी नन्दा बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी छिन् । उनी सुर्खेत निवासी हुन् । बस्यालले कर्णाली प्रदेशबाट आफूलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले बस्याललाई नियुक्त गरेको हो । बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]