वीरेन्द्रनगरमा पातलगंगा सामुदायिक थारू होमस्टे संचालन

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार २०:३३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ पातालगंगामा पातलगंगा सामुदायिक थारू होमस्टे संचालनमा ल्याइएको छ ।

शनिबार होमस्टेको उद्घाटन कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढाले गरेको हुन् ।

उद्घाटन गर्दै मन्त्री बुढाले कर्णाली प्रदेश आर्थिक र राजगारी कसरी गर्ने होमस्टेबाट थोरै लगानीमा धेरै फाइदा लिन सकिने जनाए । अर्गानिक प्रदेश बनाउने लक्ष्यलाई यस्ता व्यवसायले सहयोग पुग्ने मन्त्री बुढाको भनाई छ ।

होमस्टेमा थारू परिकार पाउनुका साथै स्थानीय आर्गनिक परिकारहरु समेत पाइने पातलगंगा सामुदायिक थारू होमस्टेका अध्यक्ष अध्यक्ष दिलबहादुर चौधरीले बताए ।

मानिसले ठुला होटेल भन्दा आर्गनिक र साना होटेल खोज्न थालेकाले होमस्टेको अवधारणा ल्याएको चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डाक्टर केसीले आज अनशन तोड्दै, सरकार सँग ८ बुँदे सहमति

२०७७ आश्विन २४, शनिबार २०:३३
काठमाडौं  – सरकार सँग ८ बुँदे सहमति भए सँगै डाक्टर गोविन्द केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति सहमति भएको हो । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन […]

सम्बन्धित समाचार