मेयर सेजुवाललाई कोरोना संक्रमण

उज्यालो रैबार   ।   २०७७ आश्विन २५, आईतवार ०९:३१

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिकाकी नगर प्रमुख (मेयर) तथा नेपाली काङ्ग्रेसकी नेतृ कान्तिका सेजुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट शनिबार साँझ पोजिटिभ आएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मेयर सेजुवालले आफूलाई सामान्य रुघाखोकीबाहेक खासै लक्षणहरु नदेखिएको फेसबुक मार्फत बताएकी छिन् । कोरोनाको शंका लागेपछि उनी केही दिनदेखि घरमै आइसोलेसनमा बसेकी थिइन् । नगर प्रमुख सेजुवालले आफ्नो निकट सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा पीसीआर परीक्षण गर्न सुझाव दिएकी छन् । नेपाली काङ्ग्रेसकी महासमिति सदस्यसमेत रहेकी नेतृ सेजुवाल कोरोना प्रतिकार्यको सिलसिलामा चन्दननाथका साथै जिल्लाका विभिन्न ठाउँमा खटेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट सुर्खेतकी ७६ वर्षीय महिलाको मृत्यु

२०७७ आश्विन २५, आईतवार ०९:३१
सुर्खेत । कर्णालीमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको उपचारको क्रममा आइतबार बिहान करिब १० बजे मृत्यु भएको हो । कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा यही असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा […]