सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको सचेतक गुलावजंग शाहलाई जिम्मेवारी मुक्त गरिएको छ । मुख्यमन्त्री एंवम् दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई जिम्मेवारीमुक्त गरेका हुन् ।
उनको कामकार्वाहीप्रति सन्तोषजनक नभएको भन्दै जिम्मेवारमुक्त गरिएको पत्रमा उल्लेख छ । साथै, दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिता कुमारी नेपालीलाई नियुक्त गरिएको छ ।