मृत्युपछि युवकको कोरोना रिपोर्ट पोजेटिभ

उज्यालो रैबार   ।   २०७७ आश्विन ३०, शुक्रबार २०:३४

सुर्खेत, ३० असोज। वीरेन्द्रनगर नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु पश्चात कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएको दुई घण्टापछि उनको रिपोर्ट पोजेटिभ आएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका हो ।

उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो । यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्ण बहादुर हत्याकाण्डका दोषीलाई उन्मुक्ति, न्यायको प्रखाइमा परिवार !

२०७७ आश्विन ३०, शुक्रबार २०:३४
सुर्खेत, १ कात्तिक । भेरीगंगा नगरपालिका–९ का ४५ वर्षीय कर्ण बहादुर विकको हत्या गर्ने नर बहादुर शाहीलाई अदालतले सामान्य तारिखमा छोडेपछि आफन्तले अदालतमै विरोध जनाएका छन् । शुक्रबार करिब एकसय जनाको संख्यामा रहेका पीडित पक्षका आफन्तहरुले अदालतको अगाडी चर्को स्वरमा न्यायलय न्याय दे, हत्यारालाई कार्वाही गर ! भन्दै चर्को स्वरमा […]