कर्ण बहादुर हत्याकाण्डका दोषीलाई उन्मुक्ति, न्यायको प्रखाइमा परिवार !

उज्यालोरैबार   ।   २०७७ कार्तिक १, शनिबार ०९:४६

सुर्खेत, १ कात्तिक । भेरीगंगा नगरपालिका–९ का ४५ वर्षीय कर्ण बहादुर विकको हत्या गर्ने नर बहादुर शाहीलाई अदालतले सामान्य तारिखमा छोडेपछि आफन्तले अदालतमै विरोध जनाएका छन् ।

शुक्रबार करिब एकसय जनाको संख्यामा रहेका पीडित पक्षका आफन्तहरुले अदालतको अगाडी चर्को स्वरमा न्यायलय न्याय दे, हत्यारालाई कार्वाही गर ! भन्दै चर्को स्वरमा नाराबाजी गर्दै थिए । वरिपरी सुरक्षाकर्मीले तम तयारका साथ घेरेका थिए । तर सेतो लुगा लगाएका एक जना कलिलै पुरुष र अधवैंसे महिला (आमा छोरा) मौन भएर अदालतको गेटतिर आँखा चियाइरहेका थिए ।

मनभरी पीडा छ, एउटा सन्तानको बुवा, र जिवनको साहारा अनि सिउँदो पुछिएको छ । आदालको न्यायको प्रखाईमा बसेका त्यी आमा छोरालाई न्याय पाइएला भन्ने आशा मरिसकेको छ ।

यहि असोज ७ गते भेरीगंगा नगरपालिका–९ ठुलोजात्रीका ४५ वर्षीय कर्ण बहादुर विक आफ्नी छोरीको जन्मदिनका लागि सामग्री ल्याएर घरतिर आउँदै थिए । बाटोमा आउँदै गर्दा भेरीगंगा –११ साँधीखोलाका नर बहादुर शाहीले मदिरा सेवन गरी सार्वजनिक ठाउँमै कुटेर बेहोस् बनाए । छोरीको जन्मदिन मनाउने सपना कर्ण बहादुरका लागि अधुरै बन्यो । सोही साँझ घरपरिवारले उपचार गर्न मेहेलकुना अस्पताल लगे । त्यहाँबाट नेपालगञ्ज रेफर गरियो । ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरेपछि अण्डकोष र पेटमा बेस्सरी चोट लागेका कारण त्यहाँका डाक्टरले पनि काठमाण्डांै टिचिङ अस्पतालमा रेफर गरे ।

असोज ९ गते एम्बुलेन्समा काठमाण्डौं लिने क्रममा दाउन्ने भन्ने ठाउँमा कर्ण बहादुरको मृत्यु भयो । उनकी श्रीमती अमृता विकले शाही विरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा किटानी जाहेरी गरिन् । प्रहरीले शाहीलाई अनुसन्धानका लागि थुनामा राख्यो । प्रहरीमा बयान दिएपछि कुनैपनि जानकारी बिना सुर्खेत जिल्ला अदालतले नर बहादुरलाई सामान्य तारिखमा छोड्यो । नर बहादुरले आफु बाहिर आएको उपलक्ष्यमा गाउँमा भोजभतेर समेत गरे । उनी बाहिर आइसकेछन् भन्ने कुरा कर्णबहादुरको परिवालाई जानकारी भएन ।

एक्कासी हत्या गरेको व्यक्तिलाई अदालतले छोड्यो भन्ने बुधबार गाउँलेबाटै जानकारी पाएपछि अमृता छाँगाबाट खसेजस्तै भइन् । उनका श्रीमान्लाई हत्या गर्ने र व्यक्तिलाई अदालतले नै छोडेपछि अब अर्को केहि घटना घट्छकी भनेर गाउँलेहरु पनि त्रसित बने । हत्यारालाई किन छोडियो भन्दै शुक्रबार मृतकका आफन्तले जिल्ला अदालत सुर्खेतको अगाडी नाराबाजी गर्दै विरोध जनाए ।

‘छोरीको जन्मदिन मनाउनका लागि मेरा श्रीमान् बजारमा गएका बेला रक्सी खाएर बेहोस् हुनेगरी नर बहादुरले पिटेछन्, उहाँ बेहोस् भएपछि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भयो,’ कर्ण बहादुरकी श्रीमती अमृताले भनिन्, ‘किटानी जाहेरी गरेपछि प्रहरीले पक्राउ ग¥यो, तर १८ दिन नराखी अदालतबाट छोडियो । के अदालतले हामी गरिबलाई मारेपनि कानुन लाउँदैन र ?’

उनीहरुलाई न्याय दिनु त परको कुरा हो, अदालतले उल्टै प्रहरी लगाएर अदालतको गेटबाटै फर्काइ दियो । न्याय माग्न अदालतमा आएका उनीहरु निरास हुँदै घर पर्किए ।

कर्ण बहादुरका छोरा निम बहादुर विक भन्छन् ‘गरीलाई मारेपनि न्याय नदिलाउने अदालतबाट फेरि पनि न्याय पाउने आशा मरिसकेको छ, मान्छे मारेको सबै प्रमाण हुँदाहुँदै पनि १८ दिनमै छोड्ने कस्तो कानुन हो हाम्रो ।’

मृतकका आफन्तले आफुहरुलाई विशुद्ध न्यायको खाँचो रहेको न्यायको लडाइमा अधिकारकर्मी र न्यायलयलाई हारगुहार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्नेस्टीको संयोजकमा खड्का

२०७७ कार्तिक १, शनिबार ०९:४६
कार्तिक १, सुर्खेत । मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलको लयर्स समूह ६९, सुर्खेतको संयोजकमा कविता खड्का चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको २७ औं वार्षिक साधारण सभाले यस अघि उपसंयोजक रहेकी खड्काको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिलाई निर्विरोध चयन गरेको हो । निर्विरोध चयन हुनेमा दुर्गाप्रसाद शर्मा उपसंयोजक, […]