शनिबार थप ११० जनामा कोरोना पुष्टि, एकको मृत्यु

उज्यालोरैबार   ।   २०७७ कार्तिक १, शनिबार १९:३६

 

कार्तिक, १ असोज । कर्णाली प्रदेशमा शनिबार थप एकसय १० जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ ।

प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ७५, दैलेखमा २१, कर्णाली प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

पुष्टि हुनेमध्ये जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५८, जुम्लाका ९, सल्यानका ७, कालिकोट र रुकुपश्चिमका एक, एक तथा अन्य प्रदेशका ९ जना रहेको कँडेलको भनाई छ ।

शनिबार नै कोरोना संक्रमण जितेर ५० जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार सात सय २८ पुगेको छ ।
यस्तै टाइफाइडको उपचार गराइरहेका सुर्खेतका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरेन्द्रनगर–९ का ४२ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहान साढे ७ बजे मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

१० दिनदेखि ज्वरो आएका उनको स्थानीय मेडिकल हलमा टाइफाइडको उपचार गरिएको थियो । त्यहाँ निको नभएपछि थप उपचारका लागि प्रदेश अस्पतालमा उपचारको लागि लगिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार ती पुरुषमा ज्वरो र खोकीसहितको लक्षण देखिएपछि शुक्रबार बिहान बिहान बजे प्रदेश अस्पतालाको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा सतर्कता

२०७७ कार्तिक १, शनिबार १९:३६
सुर्खेत, कार्तिक १ । हिन्दुहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन हजार बढी प्रहरी परिचालन गर्ने भएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो । चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, झैझगडा, जुवातासलगायतका गतिविधि नियन्त्रणका लागि […]