निरन्तर आन्दोलनमा सुर्खेतका शिक्षक

उज्यालोरैबार   ।   २०७७ कार्तिक ३, सोमबार १९:३१

सुर्खेत । निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी युनियनले शिक्षकहरुलाई बन्दाबन्दी अवधिभरको तलब सेवा सुविधा यहि कार्तिक मसान्तसम्म भुक्तानी गरिनुपर्ने भन्दै निरन्तर आन्दोलनमा उत्रिएका छन् ।

कोरोना भाइरसका कारण निजी विद्यालयहरुबाट रोजगारदातबाट भएको श्रम शोषणको न्यायका लागि निरन्तर आफुहरु संघर्ष गर्दै आएको निजी तथा संस्थागत विद्यालय शिक्षक÷ कर्मचारी युनियन सुर्खेतका अध्यक्ष अर्जुन बुढाले बताए ।

नेपालीहरुको महान् पर्व दशैं आइरहेका बेला पनि तलब नपाउँदा शिक्षक कर्मचारीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको भन्दै युनियले वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र सरोकारवाला संघ संगठनलाई पनि बारम्बार ध्यानार्कषण गरिएको अध्यक्ष बुढाको भनाई छ ।

स्थानीय तथा प्रदेश सरकारले तत्काल राहतको प्याकेज व्यवस्था गर्नुपर्ने, शिक्षक कर्मचारीलाई डर, धम्की, श्रम कटौती जस्ता कार्यहरुको अन्त्य गरी पहिले जस्तै वातावरण शिक्षक कर्मचारीलाई मिलाउनुपर्ने उनीहहरुको माग छ । यसअघि पनि उनीहरुले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घुस लिने दुई जना पक्राउ

२०७७ कार्तिक ३, सोमबार १९:३१
सुर्खेत, ३ कार्तिक । मालपोत कार्यालय दैलेख परिसमा घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो । सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलिनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]