घुस लिने दुई जना पक्राउ

उज्यालोरैबार   ।   २०७७ कार्तिक ३, सोमबार १९:३५

सुर्खेत, ३ कार्तिक । मालपोत कार्यालय दैलेख परिसमा घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो ।
सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलिनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधकिारी मेघनाथ सापकोटाले जानकारी दिए ।

उनीहरुलाइ सोमबार साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको सापकोटाको भनाई छ । ‘दुई जनालाई घेरा हालेर नियन्त्रणमा लिएको हो’ सापकोटाले भने, ‘घुस रकम र पक्राउ पर्नेहरु कर्मचारी मात्रै हुन् वा दलाल पनि हुन भन्ने केही खुलेको छैन् ।’
टोलीले मुचुल्का उठाइरहेकाले केही बेरमा घटनाको विस्तृत विवरण सार्वजनिक गरिने सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका थप ३२ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ३, सोमबार १९:३५
सुर्खेत, ३ कार्तिक । सोमबार कर्णाली प्रदेशका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रतिष्ठान जुम्लामा १९, प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सात, दैलेखमा पाँच र कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमध्य जिल्लागत आधारमा कालिकोटका आठ, जुम्लाका […]