समाजसेवी मानन्धरद्वारा साझा घरलाई सहयोग

उज्यालोरैबार   ।   २०७७ कार्तिक ५, बुधबार १८:३९

सुर्खेत, ५ कार्तिक । समाजसेवी किरण मानन्धरले साझा घर नेपाललाई सहयोग गरेका छन् ।

काठमाण्डौं स्थाई घर भएका मानन्धर लण्डनमा व्यवसाय गर्दै आएका छन् । बेसाहारा नागरिकलाई सेवा गर्दै आइरहेको वीरेन्द्रनगर –९ स्थित साझा घर नेपाललाई मानन्धरले दुई लाख नगद सहयोग गरेका हुन् ।

घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको साझाघरलाई उनले सहयोग गरेपछि साझा घरले पुनः जन्म पाएको साझा घर नेपालका सेवक तपेन्द्र विकले बताए ।

मानन्धरका भाई वीरेन्द्र मानन्धर, जितेन्द्र मानन्धरले संयुक्त लगानीबाट लण्डनमा मानन्धर ब्रोस लिमिटेड द्वारा सञ्चालित टिए ग्रेट नेपलिज रेष्टुरण्ट सञ्चालन गरेका उनीहरु विगतदेखि नै सामाजिक सेवा गर्दै आएका छन् ।

मिडियामा साझा घर अप्ठेरोमा परेको खबर थाहा पाएपछि आफुले सहयोग गरेको बताए । उनका बुवा गोपाल मानन्धरको समाजसेवाबाट प्रभावित भई आफुहरु पनि विगत केही वर्षदेखि सामाजिक सेवामा सक्रिय रहेको मानन्धरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानको मर्म अनुरुप नागरिक ग्यारेण्टी सरकारले लिनुपर्छ : समाजसेवी सुनार

२०७७ कार्तिक ५, बुधबार १८:३९
सुर्खेत । युवा व्यवसायी तथा समाजसेवी तिर्थ सुनारले स्वास्थ्य र शिक्षा निशुल्क गर्न नसके वर्तमान तिनवटै तहका सरकारको अर्थ नरहने बताएका छन्। केन्द्र सरकारले कोरोनाका बिरामीलाई आफै उपचार गर्न निर्देशन दिएपछि यसको चौतर्फी बिरोध भएको छ। उक्त सरकारी कदमलाई विरोध गर्दै सुनारले र शिक्षा निशुल्क गर्न नसक्ने हो भने सरकात […]