मनकारी मेयर, जसले दशैँ भत्ता आश्रमलाई हस्तान्तरण गरे

उज्यालोरैबार   ।   २०७७ कार्तिक १५, शनिबार २०:१६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले दशैं भत्ताका रुपमा पाएको पन्ध्र हजार मानव सेवा आश्रममा दिएका छन् । उनले पाँच हजार बराबरको खाद्यान्न तथा फलफूल र दश हजार नगद हस्तान्तरण गरेका हुन ।

प्रदेश सरकारले जनप्रतिनिधीलाई वर्षमा एक पटक पन्ध्र हजारका दरले चाडपर्व खर्च दिने कानून ल्याएसँगै दशैंको अवधीमा कर्णालीका सबै जनप्रतिनिधिलाई पन्ध्र हजारका दरमा दशैं खर्च वितरण गरिएको थियो ।

“दशैंमा मानव सेवा आश्रमका आमा बुवालाई केहि खर्च दिएको हुँ ।” उनले भने, “सानो रकमबाट कम्तिमा उहाँहरुलाई आश्रमले मिठो मसिनो खुवाओस भन्ने ध्येयका साथ मैले दशैं खर्चको नाममा आएको रकम त्यहाँ हस्तान्तरण गरेको हुँ ।”

उनले प्रदेश सरकारले कानून बनाइदिएका कारण नगरपालिकाले आफूहरुलाई थाहै नदिई खातामा रकम जम्मा गरेको बताए ।

उनले मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । “गत वर्ष हामीले आश्रमको भाडा तिरि दिएका थियोंं ।” उनले भने, “यो वर्ष हामी के गर्न सक्छौं त्यो प्रयास गर्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्राफिक व्यवस्थापनमा सुधार गर्ने नयाँ ट्राफिक प्रमुखको प्रतिबद्धता

२०७७ कार्तिक १५, शनिबार २०:१६
  [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] सुर्खेतः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका नवनियुक्त कार्यालय प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले सुर्खेतको ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार ट्राफिक कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी प्रमुख आचार्यले प्रदेशको […]