कोरोना संक्रमित महिलाको मृत्यु

उज्यालो रैबार   ।   २०७७ कार्तिक २५, मंगलवार १९:५४

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

भएको छ । नारायण नगरपालिका–२ दैलेखकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ती महिलालाई सोमवार अस्पतालको प्री–आइसोलेसनमा वार्डमा भर्ना गरिएको थियो । उनको आज विहान साढे सात बजे कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

तर उनको रिपोर्ट नआउँदै नमुना संकलन गरेको एक घण्टामै मृत्यु भएको थियो । उनको कोरोना पोजेटिभ रिपोर्ट अपरान्ह चार बजे आएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३४ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका किसान लाई अब एक करोडसम्म ऋण दिईने

२०७७ कार्तिक २५, मंगलवार १९:५४
सुर्खेत,। कर्णालीमा अब उद्यम गर्न चाहाने किसानलाई अव वार्षिक २ प्रतिशत व्याजदरमा रु एक करोडसम्म ऋण दिईने भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका जो सुकै नागरिकले अब उद्यम गर्न चाहेमा पैंसाको कारण रोकिनुपर्ने छैन । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहानेका लागि प्रदेश […]