सातजना जुवाडे पक्राउ

उज्यालो रैबार   ।   २०७७ कार्तिक २६, बुधबार १५:३९

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३, स्थित ऐरिचोक नजिकै एक होटलमा जुवातास लेखिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रूपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कठकबहादुर शाही र ३९ वर्षीय निमबहादुर शाहीलाई नगद रूपैयाँसहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक

२०७७ कार्तिक २६, बुधबार १५:३९
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बाेलाउनुभएकाे छ । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएकाे थियाे ।   नेकपाभित्रको विवाद उत्कर्षमा […]