प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक

उज्यालो रैबार   ।   २०७७ कार्तिक २७, बिहीबार १०:२५

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बाेलाउनुभएकाे छ ।

शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएकाे थियाे ।

 

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो । गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए ।

बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए । उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक बोलाएर अघि बढ्ने तयारी गरेपछि ओली बैठकका लागि सहमत भएका हुन् ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या

२०७७ कार्तिक २७, बिहीबार १०:२५
रौतहटमा बुधबार राति १८ वर्षीया युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ । परिवारले प्रहरीलाई जनाएअनुसार […]