३० सेकेन्डमै कोरोना भाइरस मार्ने उपकरण बनायौं : वैज्ञानिक

उज्यालो रैबार   ।   २०७७ कार्तिक २७, बिहीबार १४:२९

अमेरिकी वैज्ञानिकले ३० सकेन्डमै कोरोना भाइरस मार्ने प्रविधि विकास गरेका छन्।

अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले तुरुन्तै कोरोना मार्न सक्ने  ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएको डेलिमेल अनलाइन पत्रिकाले जनाएको छ।

उक्त अनलाइनका अनुसार थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाई प्रयोग गर्दा सफल भएको  ‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकजस्ता ६ किसिमका सतहमा रहेका कोरोना भाइरसलाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले दाबी गरेका छन्।

यो स्प्रे मास्कमा पनि प्रयोग गरिएको र उही समयमा भाइरस मार्न सउफल देखिएको वैज्ञानिकले बताएका छन्।

अब उपकरण कोरोनाविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा वैज्ञानिकले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना लाग्दा पनि सेवा गर्न छोडेनन् विष्टले !

२०७७ कार्तिक २७, बिहीबार १४:२९
सुर्खेत, २७ कार्तिक । ललितपुरको गोदावरी नगरपालिका– ९ छम्पी स्थायी घर भएका समाजसेवी तथा सामाजिक अभियान्ता शैलेन्द्र बिष्टको पहलमा ललितपुरको गोदावरी नगरपालिकाका ६ वटा विद्यालयमा अध्यनरत ६४६ जनालाई झोला र स्टेस्नरी वितरण गरिएको छ । जनभावना क्याम्पस ललितपुरका पूर्व विद्यार्थी संघका अध्यक्ष तथा स्याफ्रन नेपाल सुर्खेतका प्रमुख समेत रहेका विष्टले […]

सम्बन्धित समाचार