ओलि पुन शीतल निवास पुगे

उज्यालो रैबार   ।   २०७७ मंसिर ३, बुधबार ११:४५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्ररधानमन्त्री शीतल निवास पुगेका हुन यश अघि पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।

प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए। दिउँसो बस्ने नेकपा सचिवालय बैठकको सन्दर्भमा प्रधानमन्त्रीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिँदैछ।

उनले आजै बस्ने नेकपाको सचिवालय बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको बैठक डाकेका थिए। तर अन्तनः बैठक एक घण्टा पछि सारेका छन्। प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका थिए।

सम्भावित नेकपा संकट टार्न राष्ट्रपतिले निरन्तर राजनीतिक भेटघाट जारी राखेकी छन्। उनले मंगलबार नै नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उर्मिलाको नयाँ गीत बजारमा ‘तिम्रो लागि जवानी ताजा - ताजा छ’ (भिडियोसहित)

२०७७ मंसिर ३, बुधबार ११:४५
काठमाडौँ । वरिष्ठ गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा तिम्रो लागि जवानी ताजा ताजा छ ‘गीत सार्वजनिक भएको छ । नेपालीहरुको चार्ड तिहारको लक्ष्मी पुजाको दिन पारेर अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरिएको यो गीत यम बरालका साथमा उर्मिला लाम्गादेको सांगितिक कोसेली हो । आनन्द अधिकारीको शब्द अनि […]