उर्मिलाको नयाँ गीत बजारमा ‘तिम्रो लागि जवानी ताजा – ताजा छ’ (भिडियोसहित)

उज्यालोरैबार   ।   २०७७ मंसिर ४, बिहीबार १४:५४

काठमाडौँ । वरिष्ठ गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा तिम्रो लागि जवानी ताजा ताजा छ ‘गीत सार्वजनिक भएको छ । नेपालीहरुको चार्ड तिहारको लक्ष्मी पुजाको दिन पारेर अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरिएको यो गीत यम बरालका साथमा उर्मिला लाम्गादेको सांगितिक कोसेली हो ।

आनन्द अधिकारीको शब्द अनि शिशिर सन्तोषको संगीत रहेको गीतमा नाजिर हुनेन र उषा उप्रतीको अभिनय हरेको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका उर्मिलाले हालसम्म आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गर्नुभएको छ । अमेरिकामै बस्दै आउनु भएका गायक यम बरालसँग भने लाम्गादेले पहिलो पटक गाउनु भएको हो ।

एक मिडियामा कुरा गर्दै गायक बरालले गीत निक्कै राम्रो भएको दावी गरेका छन । बिदेशमा बसेपनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने उनले बताएका छन । आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको उनले बताएका छन ।

लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुुसी व्यक्त गरेकी छन । उनले भनिन ‘निक्कै मेहनत गरेर गीत बनाएको छौं, यम बरालले साथ दिनु भएको छ, आशा छ सबैले मन पराइदिनु हुनेछ र माया गर्नुहुनेछ यो गीतबाट निक्कै आशावादी पनि छौं ।’ गीतमा भनिएको छ ‘माया हाम्रो बीचैमा साझा साझा छ। तिम्रो लागि जवानी ताजा ताजा छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अध्यक्ष ज्ञवालीको प्रतिवद्धता

२०७७ मंसिर ४, बिहीबार १४:५४
नन्दु खनाल चौकुने ।भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले १ वर्षभत्र सुर्खेतको भूमि सम्बन्धी समपुर्ण समस्या समाधान गर्ने बताएका छन् । शनिबार सुर्खेतको चौकुने गाउँपालिकामा भएको अनुशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘आगामी एक वर्षभित्र कर्णालीको सबै भूमिसम्बन्धी समस्या समाधान गर्नेगरी हामीले काम अगाडि बढाएका छौं,’ अध्यक्ष […]