युवामैत्री सुशासन अभिवृद्धिका लागि अभिमुखिकरण

उज्यालोरैबार   ।   २०७७ मंसिर १६, मंगलवार २०:००

सुर्खेत,१६ मंसिर । नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिवृद्धिका लागि सामुदायिक अंक पत्रको प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार वीरेन्द्रनगरमा नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना र युरेपियन युनियनको आर्थिक सहयोग तथा भिएसओ नेपालको प्राविधिक सहयोगमा वीरेन्द्रनगर, लेकवेशी र भेरीगंगा नगरपालिकाका १० वटा युवा संस्थाका युवा नेतृत्व र फोकल प्रशनसँग अभिमुखिकरण गरिएको आयोन संस्था अन्तरर्गत प्रयास कार्यक्रमका सुर्खेत कार्यक्रम संयोजक गगन खड्काले जानकारी दिए ।

युवा सम्बन्धी काम गर्ने नागरिक समाज संघ संस्थाहरुको आन्तरिक सुशासनको लागि समुदाय अंक पत्रको प्रयोगका बारेमा युवाहरुसँग छलफल गरिएको हो ।

लेकवेशी वीरेन्द्रनगर र भेरीगंगाका १० वटा युवा नागरिक संस्थाका २० जना सदस्यहरुलाई भिएसओ नेपालका हंशराज जोशीले सहजीकरण गरेका थिए भने कार्यक्रको उद्देश्य माथि आयोन नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्याय सेवा प्रदायक निकायबीच समन्वयात्मक बैठक

२०७७ मंसिर १६, मंगलवार २०:००
सुर्खेत,१७ मङ्सिर । न्याय सेवा प्रदायक निकायबीच जिल्ला स्तरीय समन्वयात्मक बैठक बुधबार वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । संस्थागत सुधार मार्फत न्यायमा पहुँ परियोजनाको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखको आयोजनामा सुर्खेत स्थित न्यायिक समिति, कानुन व्यवसायी, सरकारी वकिल, महिला अधिकारकर्मी नागरिक समाजसँग छलफल गरिएको छ । स्थानीय तहमा […]

सम्बन्धित समाचार