सुर्खेत। दैलेख आइडलका रुपेश चन्दको आवाजमा ‘बालखमै दिल बस्यो गौंथली, नभागौं त मन भो खल्बली, भागौं भने बालविवाहको मुद्दा चल्ला नी’ बोलको भिडियो सामाजिक सञ्जाल युट्युब मार्फत भाइरल बनेको छ ।
गित रिलिज भएको एक वर्षमा नै उक्त गितको भ्युज दुई करोड ७० लाख पुगेको छ । निर्मल फिलिम्स प्रालिका निर्मल पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेशका साथै सुर्खेतका पुजा गाहा र मिलन विकको पनि अभिनय छ । दीपक शर्माको शब्द÷संगीत रहेको भिडियो कोरियोग्राफी हेमन्त भुषालले गरेका हुन् । सुर्खेतमा छायांकन गरिएको म्युजिक भिडियो ओएसआर डिजिटलले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । दैलेख नौमूलेका १६ वर्षीय रुपेशले यसअघि दैलेख आइडलको उपाधि हात पारिसकेका छन् । मंगलबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी निर्मल फिलिम्स प्रालिले कलाकार, मोडेल र निर्माता लगायतलाई पुरस्कारसहित सम्मान गरेको छ ।
निर्देशक निर्मल पौडेलले बालविवाहविरुद्ध जनचेतना फैलाउन म्युजिक भिडियो उपयोगी हुने बताए । ‘बालविवाह कर्णाली प्रदेशको मुख्य सामाजिक समस्या हो,’ उनले भने, ‘यो भिडियोले दिने सन्देशलाई हरेक अभिभावक र बालबालिकामाझ पु¥याउने उद्देश्यले बनाएका थियौं छोटो समयमा नै यति धेरै भाइरल होला भन्ने सोचेका थिएनौ ।’
भिडियो