मानव अधिकार दिवसमा दिप प्रज्वलन

उज्यालोरैबार   ।   २०७७ मंसिर २५, बिहीबार २०:५१

सुर्खेत,२५ मङ्सिर । सुर्खेतमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अधिकारका घटनाहरुको उलंघनको अन्त्य हुनु पर्ने माग राख्दै दीप प्रज्वलन गरिएको छ ।

‘दिगो शान्ति स्थापनाका लागि दण्डहिनता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहीबार वीरेन्द्रनगरको कालिञ्चोकमा सुर्खेतमा क्रियाशिल मानव अधिकारवादी संस्थाहरु एम्नेस्टी इन्टरनेस्नल नेपाल लयर्स समुह ६९, समुह २, काँक्रेबिहार युथ नेटवर्क र वीरेन्द्रनगर युथ नेटवर्कले संयुक्तरुपमा दिप प्रज्वलन गरेका हुन् ।

पछिल्लो समय कर्णालीमा मानव अधिकारका घटनाहरु बढ्न थालेकोमा यसको व्यवस्थापनमा राज्यले विषेश ध्यान दिनुपर्ने अधिकारकर्मीहरुले बताएका छन् ।

कार्यक्रममा लयर्स समुह ६९ का पुर्व संयोजकहरु देवेन्द्र सेजुवाल, हरिलाल खड्का, वर्तमान संयोजक कविता खड्का र समुह २ का पुर्व संयोजक लक्ष्मी बास्तोला र वर्तमान संयोजक भरत पन्त लगायतले मानव अधिकारको रक्षा गर्नु राज्यको दायित्व रहेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिंसा अन्त्य गर्न दिप प्रज्वलन

२०७७ मंसिर २५, बिहीबार २०:५१
सुर्खेत, २५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहीबार भेरीगंगा ११ रामघाटमा दिप प्रज्वलन कार्यक्रम समापन गरिएको छ । लैङ्गिक हिंसा अन्त्य गर्न दिप प्रज्वलन कार्यक्रम गरिएको हो । रामघाट स्थानीय सभाको आयोजनामा गरिएको कार्यक्रममा महिला शिक्षा तथा अर्थिक विकास समाजका अध्यक्ष मिना शाहीले समाजमा हुने गरेका […]

सम्बन्धित समाचार