बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन हुँदै

उज्यालोरैबार   ।   २०७७ मंसिर २८, आईतवार १७:२०

सुर्खेत,२८ मङ्सिर । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका ६ बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन हुने भएको छ ।

कर्णाली प्रदेशको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि तीन करोड रुपैयाँको लागतमा होटेल डेभिड प्रालि सञ्चालनमा ल्याउन थालिएको होटेलका निर्देशक जीवन ढुंगानाले जानकारी दिए ।

यसअघि सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने विभिन्न खालका कार्यक्रमहरु गर्नका लागि उपयुक्त व्यवस्थापनसहितको होटेल नहुँदा समस्या पर्ने गरेको थियो । जसका कारण प्रदेश राजधानी वीरेन्द्रनगर केन्द्रीत हुनुपर्ने कि त पश्चिममा कार्यक्रम गरेर वीरेन्द्रनगर फर्कनुपर्ने बाध्यता थियो ।

पश्चिम क्षेत्रको पर्यटनलाई होटेल व्यवसायको माध्यमबाट विकाससहितको समृद्धि र पहिचान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन थालिएको निर्देशक ढुंगानाले बताए ।

उनका अनुसार माघको पहिलो सातासम्म सञ्चालनमा आइसक्ने छ । होटेलमा स्वच्छ र उच्च स्तरीय रेष्टुरेन्ट, तीन सय ५० जना अठाउने एसीयुक्त सेमिनार हल, सम्पुर्ण रुममा एटेज बाथरुम, एसी सहितको सुविधायुक्त कोठा, स्विट रुम, पाहुनालाई आवत जावतका लागि गाडीको व्यवस्था र बारसहितका सेवा होटेलले दिने ढुंगानाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँमैं सिप सिकेर स्वरोजगार बन्दै युवा

२०७७ मंसिर २८, आईतवार १७:२०
  सुर्खेत,२९ मङ्सिर । पश्चिम सुर्खेतको पञ्चपुरीका युवा तथा युवतीहरु गाउँमै सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । एसईई तथा कक्षा १२ पास गरेर प्राविधिक सिप सिक्नका लागि वीरेन्द्रनगर, नेपालगञ्ज र काठमाण्डौंसम्म जाने यहाँका युवा, युवतीहरु पछिल्लो समय गाउँमै सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । यहाँको स्थानीय बाबियाचौर कन्सल्टेन्सी […]