गाउँमैं सिप सिकेर स्वरोजगार बन्दै युवा

उज्यालोरैबार   ।   २०७७ मंसिर २९, सोमबार १४:०९

 
सुर्खेत,२९ मङ्सिर । पश्चिम सुर्खेतको पञ्चपुरीका युवा तथा युवतीहरु गाउँमै सिप सिकेर स्वरोजगार बन्न थालेका छन् ।

एसईई तथा कक्षा १२ पास गरेर प्राविधिक सिप सिक्नका लागि वीरेन्द्रनगर, नेपालगञ्ज र काठमाण्डौंसम्म जाने यहाँका युवा, युवतीहरु पछिल्लो समय गाउँमै सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

यहाँको स्थानीय बाबियाचौर कन्सल्टेन्सी सेन्टरले स्थानीय तह, सिटीभिटी र विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी युवा तथा विद्यार्थीहरुका लागि सिपमूलक तालिमहरु सञ्चालन गरेपछि यहाँका युवाहरुलाई स्वरोजगार बन्न सहज भएको सनीय युवा चेतन नेपालीले बताए ।

‘एसईई र कक्षा १२ पास गरेपछि कम्प्युटर र अन्य प्राविधिक सिप सिक्नकै लागि बाहिर जानुपर्ने बाध्यता थियो, तर अहिले हामीले घरकै खाना आएर गाउँमै सिप सिक्न पाएका छौं,’ नेपालीले भने, ‘पढ्नका लागि पैसा नभएपनि कन्सल्टेन्सी मार्फत निशुल्क सिक्न पाएका छौं ।’
२०७५ सालमा स्थापना भएको कन्सल्टेन्सीले हालसम्म दुई सय जनाले सिप सिकेर स्वरोजगार बनेको कन्सल्टेन्सीका निर्देशक पुर्ण बहादुर रावलले बताए ।

उनका अनुसार कन्सल्टेन्सीले कम्प्युटरका सम्पुर्ण कोर्स, विल्डिङ इलेक्ट्रेसियन, पलम्बर, सिलाई कटाई, फर्निचर सम्बन्धी तालिम, युवा उद्यमी विकास, प्रोफाइल निर्माण, डिपीआर निर्माण, कोरियन भाषा, लोक सेवा तयारी र विभिन्न स्तरका तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

‘गाउँमा युवाहरु वेरोजगार नहुन भनेर विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँग समन्वय गरेर सिपमूलक तालिमहरु कन्सल्टेन्सी मार्फत गर्दै आएका छौं,’ निर्देशक रावलले भने, ‘कोहि युवाहरु हामी वेरोजगार भयौं भन्ने अवस्था नआउनका लागि निरन्तर लागि परेका छौं ।’
अहिले कन्सल्टेन्सीमा २० जना प्रशिक्षकले रोजगारी समेत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेम एण्ड माया फाउन्डेसन कार्यसमिति गठन

२०७७ मंसिर २९, सोमबार १४:०९
सुर्खेत,५ पुस । हेम एण्ड माया फाउन्डेसन नेपाल कर्णाली प्रदेश कार्यसमिति गठन गरिएको छ । आइतबार फाउण्डेसनका संस्थापक हेम थापाको उस्थितिमा ओम प्रकाश रेग्मीको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जस अन्तरगत संयोजक, ओम प्रकाश रेग्मी (दैलेख) सहसंयोजक, अर्जुन बुढा (सुर्खेत) सचिब, मनोज डाागी (रुकुम पश्चिम् ) सहसचीव, […]

सम्बन्धित समाचार