यसरी रहेको थियो कौण्डिन्य गोत्री

लक्ष्मी प्रसाद आचार्य   ।   २०७७ पुष १५, बुधबार १७:१७
जुम्लामा बसोवास गर्न पुगेका कौण्डिन्य गोत्रीय आचार्यहरूको उद्मग स्थलको खोजी गर्दा । दुई दाजु भाई सच्चिदाननदोपाध्याय र सदानन्दोपाध्याय शुद्ध क्षत्रीय वंशका राजाले रक्षा गरिएको ठाउँको खोजी गदै कुमाउ गढवाल हुँदै नेपाल तिर चढेका थिए ।त्यस बेला दिल्लीका राजाले ससाना राज्यहरूलाई आफ्नो नियन्त्रणमा राखेर शासन गरिराखेका थिए भने जुम्लामा जुम्लाका राजा रणकेशर सिंह बर्माले ससाना बाइसी राज्यहरूलाई आफ्नो नियन्त्रणमा राखी धर्मको राज्य चलाईरहेका थिए ।त्यसैले स्वधर्मको खातिर हिडेका ती दुई दाजुभाइले यसै स्थानलाई सुरक्षित र उचित ठानी त्यहीं रहन थाले।तत्कालीन जुम्लाका राजा रण केशर सिंह वार्माले असल विद्धान ब्राहमणहरूदारा राजसूय यज्ञ प्रारम्भ गरेको बेला सच्चिदानन्दाेपाध्याय र सदानन्दोपाध्याय दुई दाजुभाइ त्यस मण्डपमा पुगेर त्यहाँ पुगेका ब्राहमणहरूलाई भने “के तपाईंहरू यज्ञ कुण्डमा मन्त्र पुर्वक जलको सेचन गर्न मन्त्र शतिदारा अग्निलाई स्वयं प्रकट गराउन सक्नु हुन र अरणी को आगोलाई कुण्डमा हाल्न ? यो सुनेर ब्राहमणहरूले अहँ त्यसो गर्न ता हामीहरू समर्थ छैनैा ,तपाईंहरू मुनिजन हुनु हुदोरहेछ ,तपाईंहरू नै सक्नु हुन्छ होला” भनी अलि छेड हानि भनेछन यसको जवाफमा ति दुई दाजुभाई हरूले भने “हुन्छ तपाईंहरूका राजाले हामीहरूलाई खुसी साथ आचार्य (गुरु पद) को पदवी दिन सक्नु हुन्छ भने हामी सो काम गर्न सकौला” ।ती दुई दाजुभाईहरूको सो कुरा सुनी त्यो सभामा हल्ला फैलिन थाल्यो र त्यसै बेला जुम्लाका राजाले सो सभामा आएर विनम्रता पुर्वक भने “हेदिजवर हो विना अरणीबाट यज्ञवेदीमा तपाईहरूदरा अग्नि प्रकट भयो भने हाम्रो देश भरिको आचार्य पदवी सधैंभरि तपाईंहरूलाई मिल्नेछ”सत्य प्रतिज्ञ जुम्ला नरेशका कुरा सुनेर सच्चिदानन्दोपाध्यायले भाई सदानन्दोपाध्यायलाई काम गर्न लगाय उनलेे यज्ञ कुण्डको भुई कोट्याई वरूण देवताको मन्त्र पढी उमारी दिए। त्यही मन्त्रले फुकिएको जल सच्चिदानन्दले जब यज्ञ कुण्डमा सेचन गरे सहसा अग्निदेव(आगो) प्रकट भै हाले। त्यो देखेर सारा सभाले ती दुई दाजुभाइलाई नम्रता पूर्वक प्रणाम गर्दै प्रशंसा गर्ने थाले ।जुम्लाका नरेशराज नि प्रशंसा गदै”तपाईंहरूले आफ्नो चरण धुलीबाट मेरो यस महा यज्ञलाई पवित्र गराई हामीलाई कृतार्थ तुल्याउनु भयो ” भनी धन्यवाद दिदै ” अब उप्रान्तलाई हाम्रा देशवासी सबैले तपाईंहरूको आचार्य पदवी स्वीकार गयौं अथावा तपाईहरूलाई गुरु समान मान्यौ अब तपाईंहरू सुख पुर्वक यही रहनुहोस् ” राजाको यस कुरालाई स्वीकार गरि दुवै दाजुभाई आनन्द पुर्वक जुम्लाको सिंजा दरामा बस्न थाले। त्यस पछि भाइ सदानन्दोपाध्याय र दाई सच्चिदानन्दोपाध्याय जुम्लाको सिंजामा बसोबास गर्न थाले। बिस्तारै उनीहरू सन्तानहरू नेपालका विभिन्न ठाउँमा बसाइँसराइ गर्न थाले। त्यसैले नेपाल भरि बस्ने कौण्डिन्य गोत्रीयको उत्पति थलो जुम्लाको सिंजालाई भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी अागजनि

२०७७ पुष १५, बुधबार १७:१७
कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत सकर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी बिहिवार राति अज्ञात समुह द्वारा अागजनि भएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै अाएकाे कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका ७ पुनमा […]