ट्रष्ट एजुकेश्नल सेन्टरले गर्यो सेवा विस्तार

उज्यालोरैबार   ।   २०७७ पुष १७, शुक्रबार १९:३५

सुर्खेत,१७ पुष । पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्न सफल वीरेन्द्रनगर –६ स्थित ट्रष्ट एजुकेश्नल सेन्टरले अष्ट्रेलिया, क्यानडा र नर्वे जानका लागि भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।

२०७१ सालदेखि वीरेन्द्रनगर–६ बुद्धपथबाट विद्यार्थीलाई कोरियन भाषा, विभिन्न कक्षाका टिउसन कक्षा र कम्प्युटर सम्बन्धी तयारी कक्षाहरु सञ्चालन गर्दै आएको ट्रष्ट एजुकेशनले शुक्रबार नयाँ व्यवस्थापनका साथ न्युरोडमा आफ्नो कार्यालय सारेर सेवा विस्तार गरेको हो ।

ट्रष्ट एजुकेसन सेन्टरका व्यवस्थापक हरी कँडेलले हालसम्म यही सेन्टरबाटै दुई सय ५० जना भन्दा बढीले कोरियन भाषा पास गरेर गइसकेको जानकारी दिए ।पढेर पनि गाउँमा रहेका बेरोजगार युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु सिकाई स्वरोजगार बनाउने उद्देश्यका साथ संस्था लागि परेको व्यवस्थापक कँडेलले बताए ।

ट्रष्टमा विद्यार्थी, विद्यालय र शिक्षकलाई समेत विभिन्न तालिम तथा सिपहरु सिकाउने गरी विभिन्न विज्ञहरुसँग समन्वय भएको कँडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिद्धार्थको वार्षिक साधारण सभा सम्पन्न

२०७७ पुष १७, शुक्रबार १९:३५
सुर्खेत,१९ पुष । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–६ को १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कोरोनाले थलिएको संस्थालाई योजनाबद्ध रुपमा माथी उकास्ने अध्यक्ष टोप बहादुर टंलामीले बताए । अध्यक्ष टंलामीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतबस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो […]