कर्णालीमा आजको मौसम

ujyaalo raibar   ।   २०७७ माघ २३, शुक्रबार १२:५४

 सुर्खेत । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

भने, देशका सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आँशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका विभिन्न भूभागहरु सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ ।

भने, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

यता, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनता उठेपछि सब सेटिङ भत्किन्छन् -दाहाल

२०७७ माघ २३, शुक्रबार १२:५४
काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूका सबै सेटिङ जनताले भत्काइदिने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले अदालतमा केस छ, निर्वाचन आयोगमा केस छ । हल्ला पनि छ सेटिङ छ रे भन्ने छ। सबैभन्दा ठूलो सेटिङ जनता हुन् । […]