फागुन १५ गते प्रधानमन्त्री ओली सुर्खेत आउँदै

ujyaalo raibar   ।   २०७७ माघ २५, आईतवार १०:५७

 सुर्खेत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गर्ने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउने भएका हुन् ।

आगामी फागुन १५ गते सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने र उक्त सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने टुङ्गो लागेको नेकपा कर्णाली प्रदेश सह–इञ्चार्ज यामलाल कँडेलले जानकारी दिए । वीरेन्द्रनगरमा शक्ति प्रदर्शनसहितको बृहत् जनसभा गर्न लागिएको कँडेलले बताए ।

उनकाअनुसार प्रदेशका १० वटै जिल्लाबाट नेता तथा कार्यकताहरु सहभागी हुनेछन् । सभास्थलबारे भने केही दिनमै टुङ्गो लाग्ने जनाइएको छ ।

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली समूहले कर्णालीमा पहिलो पटक पार्टीको प्रदेशस्तरीय बृहत् भेल ागर्न लागेको हो । यसअघि जिल्लास्तरका अगुवा कार्यकर्ता भेला भने भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा श्री एयरलाइन्सको परीक्षण उडान (भिडियाेसहित)

२०७७ माघ २५, आईतवार १०:५७
सुर्खेत । श्री एयरलाइन्सले सुर्खेतमा परीक्षण उडान गरेको छ । प्राविधिक आएको टोलीले सोमबार विहान सुर्खेत विमानस्थलमा परिक्षण उडान गरेको हो । परीक्षण उडान सफल भएको प्रतिक्रिया श्री एयरलाइन्सका बरिष्ठ क्याप्टेन भरतसिंह थापाले जानकारी दिए ।