मौद्रिक नीतिको समीक्षा आगामी साता, के-के परिवर्तन होला ?

ujyaalo raibar   ।   २०७७ माघ ३०, शुक्रबार १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौदि्रक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।

कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले बताएको छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु ल्याएन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने सरोकारवालाहरुको अपेक्षा छ ।

राष्ट्र बैंक श्रोतका अनुसार सेयर बजारका लागि असर गर्न सक्ने केही नीतिहरु भने परिर्वतनको तयारी भइरहेको छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजारका विषयमा कुन-कुन नीतिहरु परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंक छलफलमा जुटेको छ ।

मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) मा केहि कडाइको नीति लिने राष्ट्र बैंकको तयारी छ । त्रैमासिक समीक्षामा नै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने उल्लेख गरेको थियो । सेयर लगानीकर्ताहरुले विरोध गरेपछि राष्ट्र बैंकले केही गरेन । यस पटक भने मार्जिन लेन्डिङको सीमा घटाउने तयारीमा राष्ट्र बैंक रहेको छ ।

उता लघुवित्तहरुको लाभांशमा गरिएको कडाइ भने केहि फुकुवा गर्ने विषयमा पनि छलफल भइरहेको राष्ट्र बैंक बताउँछ । अहिले लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी लाभांश दिने भए ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसलाई खुकुलो बनाउने गर्नेगरी छलफल भइरहेको राष्ट्र बैंक श्रोत बताउँछ । साभार अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्ली उडे झलनाथ खनाल

२०७७ माघ ३०, शुक्रबार १२:४२
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतकाे राजधानी नयाँदिल्लीतर्फ लागेका छन्  ।  उपचारकाे लागि भन्दै खनाल शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेका हुन् । पूर्वप्रधानमन्त्री  समेत रहेका खनाल नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । उनमा शरीर […]