प्रधानमन्त्री ओली र विप्लव भोलि एकै मञ्चमा

ujyaalo raibar   ।   २०७७ फाल्गुन २०, बिहीबार ११:४६

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वार्ता तीन बुँदे सहमतिमा सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ।

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यानमारमा सैनिक शासक क्रुर बन्दै, सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

२०७७ फाल्गुन २०, बिहीबार ११:४६
काठमाडौं । म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबारमात्रै ३८ जनाको ज्यान गएको छ। सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारमा लगातार प्रदर्शन जारी छ। म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले […]