सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय जुम्ला स्नातक तह दोस्रो वर्ष समुदाय स्वास्थ्य निरुपण समुह ए का विधार्थीहरुले अन्तिम समुदाय प्रस्तुतीकरण आठबिस नगरपालिका-८ तिलेपाटामा चैत ९ गते सम्पन्न गरेका छन् ।
कार्यक्रम समुह नेता विद्यार्थी किरणकुमार शर्माको अध्यक्षतामा संचालन भएको थियो । भने कार्यक्रमका प्रमुख अतिथि आठबिस नगरपालिका-८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका जनस्वास्थ्य महाविद्यालयका डिन प्रा.डा मुनीराज क्षेत्री, सह प्राध्यापक र आठबिस नगरपालिका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाको सहभागीता रहेको कार्यक्रम संचालक विधार्थी भुमिनन्द ढुंगानाले जानकारी दिए ।
उक्त कार्यक्रममा वडा नं ८ का १ सय ५० जना भन्दाबढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समुह ए का १० जना विद्यार्थीहरुले १ महिना अवधिभर गरेका क्रियाकलापहरु तथा संकलित तथ्याङ्कको विश्लेषणको प्रस्तुतिकरण गरेका थिए । प्रतुतिकरणमा वडा नं-८ को जनसांङ्खिक तथ्याङ तथा स्वास्थ्य सम्बन्धी विवरणहरु प्रस्तुत गर्नुका साथै मुख्य समस्याहरुको पहिचान गरी पस््रतुत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य संयोजक तिमिल्सेनाले बिद्यार्थीहरुले गरेका कार्यको प्रसंसा गदै प्राप्त नतिजा अनुसार आगामी दिनमा नगरका स्वास्थ्य सम्बन्धी सबै कार्यहरु गर्ने बताए । त्यस्तै प्रतिष्ठानका डिन प्रा.डा मुनिराज क्षेत्रीले प्राप्त जिज्ञासाहरुको जवाफ दिदै प्रतिष्ठान र आठबिस नगरपालिको सहकार्य सधै जारी रहने बताए ।
वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले विद्यार्थीहरुले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराउन अनुरोध गदै त्यसमा समेटिएका सुझाव अनुरुप वडाका आगामी स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गर्ने प्रतिबद्दता व्यक्त गरे । यो कार्य आफ्नो लागि सिकाई रहेको भन्दै सम्पुर्ण विद्यार्थीको आगामी दिनको सफलताको सुभकामना समेत व्यक्त गरे ।