मुख्यमन्त्री शाहीको सरकार जोगियो

ujyaalo raibar   ।   २०७८ बैशाख ३, शुक्रबार १८:५०

कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्लोर क्रस गर्ने एमाले सांसद भन्छन्ः मन्त्री बन्नलाई होइन !

२०७८ बैशाख ३, शुक्रबार १८:५०
चार एमाले सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएपछि कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन् । सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै फ्लोर क्रस गर्नेमध्येका एक सांसदले पार्टीबाट कारवाही भोग्न तयार रहेको बताए । विगतमा संविधानसभा सदस्य समेत […]