राउटे युवतीमाथी दुव्र्यवहार

ujalyo raibar   ।   २०७८ जेष्ठ २३, आईतवार ०७:५९

पछिल्लो  समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरलनै भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन ।

राउटे समुदायमा पुगेका युवाहरुले टिकट, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरु टाढा टाढा जंगल–होटलमा पु¥याएर दुव्र्यवहार गर्ने गरेको गुनासो छ । मादक पदार्थको कुलतमा परेको राउटे समुदायका युवतीहरु असुरक्षित बनेका छन् । स्थानीय दुई युवाले मादक पर्दा सेवन गरी, उनीहरुलाई समेत मादक पदार्थ खुवाएर एक होटलमा दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । जेष्ठ २३ गते आइतबार विहानै उक्त भिडियो फेसबुक, युटुव र टिकटकमा भाईरल भएको हो ।

 

पहिचान नखुलेका एक अधवैशे युवाले निरवस्त्र भएर होटलमा मादक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमति भन्दै संवेदनशिल अंगहरुमा छामछुम पारेको भिडियो सार्वजनिक भएको छ । उनीहरुलाई सामुहिक रुपमा दुई जना पुरुषले मेरो गलफेन्ड, मेरो बुढि भन्दै संम्वेदनशिल अंगहरुमा छुने र चलाउने गरेको भिडियो समेत बाहिर आएको छ ।

राउटे चेलीहरुलाई ती दुई पुरुषले ललाई, फकाई होटलमा लगेर मदिरा समेत खुवाएर लठ्ठ पारेको भिडियोमा प्रष्ट देखिन्छ । भिडियोमा देखिएको होटल मेहलकुनाकै र युवाहरु स्थानीय हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने कुनै पनि जानकारी नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक ९डिएसपी० राम प्रसाद घर्तीमगरले यस बारेमा कुनै जानकारी प्राप्त नभएको र के रहेछ घटनाको अनुसन्धान हुने बताउनुभयो ।

लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं।११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका थिए । भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीय युवाहरुले तत्काल अनुसन्धान गरी कारवाहीको माग गर्दै सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् ।

राउटे युवतीहरु माथीको दुव्र्यवहार जघन्य अपराध भएकाले तत्काल अनुन्धान गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ । ‘राउटे समुदायका युवातीहरुलाई भिडियो बनाउने प्रलोभनमा होटल सम्म पुराउने र होटलमा मादक पदार्थ सेवन गराएर दुव्र्यवहार गर्ने गरेको गुनासो पटक पटक पहिले पनि आएको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार गर्ने तीन जना पक्राउ

२०७८ जेष्ठ २३, आईतवार ०७:५९
जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेका छन् । राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले […]

सम्बन्धित समाचार