प्रधानमन्त्री भन्छन्- सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ

उज्यालो रैबार   ।   २०७८ असार १०, बिहीबार ०८:५१

           काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए ।
भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।

यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे ।

यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनयुद्धजनका घाइते र अपाङ्गलाई शेयर, शिक्षकलाई ल्याप्टप

२०७८ असार १०, बिहीबार ०८:५१
सुर्खेत-रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले माओवादी जनयुद्धका घाइते तथा अपाङहरूलाई शेयर दिने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत जनयुद्धका घाइते तथा अपाङहरूलाई शेयर दिने घोषणा गरेको हो। ‘जनयुद्धका घाइते र अपाङगहरूको पहिचान गरी मासिक रुमा एक हजार बराबरको रकम शेयरको रुपमा जनयुद्धका घाइते तथा अपाङ्ग लक्षित उद्योगमा […]