राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जना कारागार चलान

उज्यालो रैबार   ।   २०७८ असार १६, बुधबार १९:१०

सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिलला अदालत सुर्खेतले जनाएको छ ।न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरेको हो ।

उनीहरुले राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई गएको जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराइ यौन दुर्व्यवहार गरेको भिडियो जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनीहरु विरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले एकता जोगाउने प्रयास : ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

२०७८ असार १६, बुधबार १९:१०
काठमाडौं । नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए । ‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह […]