एमाले एकता जोगाउने प्रयास : ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

उज्याले रैबार   ।   २०७८ असार १७, बिहीबार ११:४६

काठमाडौं । नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’ एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता र माधव समूहका भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।

तर, केपी शर्मा ओली पक्षले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर आयोजक कमिटी भंग गरेको घोषणा गर्दै जेठ २ मा फर्कने भनेपनि सहमतिबिनै केही नेताहरुलाई स्थायी समितिमा मनोनयन गरेपछि ओली फागुन २८ भन्दा अघि फर्कन नचाहेको माधव पक्षको बुझाइ छ ।

अध्यक्ष ओली फागुन २८ बाट पछि नहटेपछि जेठ २ को पार्टी संरचना अनुसार शुक्रबार बोलाएको भनिएको बैठकमा माधव समूह नजाने बताइसकेको छ । यद्यपी ओली पक्ष भने आउने जतिलाई समेटेर अघि बढ्ने रणनीतिमा छ ।

स्थायी समितिले निर्णय गर्ने

अध्यक्ष ओलीले जेठ २ भनेर फागुन २८ मा फर्केपछि सशंकित बनेको माधव पक्षले भावी रणनीति तय गर्न आफू पक्षीय स्थायी समिति बैठक बोलाएको छ । सो समूहले बिहीबार ११ बजेका लागि स्थायी समिति बैठक बसेर थप निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् ।

‘११ बजे भौतिक रुपमै बैठक बसेर के गर्ने भन्ने निर्णयमा पुग्छौ । अहिलेसम्मका ओलीका गतिविधि पार्टी एकताको पक्षमा नदेखिएकाले बैठक बोलाइएको हो’, नेतृ अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुटुक्क समाचार लेख, २५ हजार लैजाउ

२०७८ असार १७, बिहीबार ११:४६
सुर्खेत । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो । जसमा सुर्खेतमा बसेर पत्रकारिता गर्दै […]